फागुन ११ गते, मनहरी।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ मा रहेको युनिभर्सल लर्निङ एकेडेमीमा युनिभर्सल फेस्ट २०८० सुरु भएको छ ।
गतबर्षबाट मात्रै कक्षा १० सम्मको अध्यापन सुरु गराएको एकेडेमीले बार्षिक कार्यक्रमलाई बृहत बनाएर उत्सवको रुपमा युनिभर्सल फेस्ट सञ्चालन गरेको हो । फेस्ट फागुन ९ गते सुरु भएर आज ११ गते भब्य समारोहका बीच समापन गर्ने कार्यक्रम रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष शिवकुमार रिजालले जानकारी दिनुभयो ।
युनिभर्सल फेस्ट अन्तर्गत पहिलो दिन विद्यालयका तीन कक्षासम्मका बालबालिकाहरुलाई खेलकुदमा सहभागी गराइएको छ । त्यसैगरी ठूला कक्षाका विद्यार्थीहरुका लागि फुटसल प्रतियोगिता सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
फागुन १० गते ठूला कक्षाका बालबालिकाहरुबीच खेलकुद प्रतिस्पर्धा हुनेछ । जस अनुसार भलिबल, फुटसलसहित विविध खेलहरुका साथमा लोपोन्मुख चुङ्गी, स्टोन पिरामिड मेकिङ (हु गेम) लगायतका खेलहरु समेत समाबेश गरिएको छ ।
फागुन ११ गते भलिबल, फुटसल, म्याराथन दौडसहित सबै खेलहरुको फाइनल खेल हुनेछ । सोही दिन विद्यार्थीहरुले बनाएका विज्ञान सामग्री, सामाजिक शिक्षा अन्तर्गतका सामग्री र गणितका सामग्रीहरुको प्रदर्शनी हुनेछ ।
त्यसैगरी बालबालिकाकै नेतृत्वमा फुड स्टल सञ्चालनमा ल्याइनेछ । बालबालिकाले आफैले बनाएका खाजाका परिकारहरु स्टलमा राखेर बिक्री बितरण गर्ने र त्यसबाट भएको आम्दानी आफ्ना कक्षाको शैक्षिक विकासका लागि खर्च गरिने योजना बनाएर कार्यक्रम बनाइएको अध्यक्ष रिजालले जानकारी दिनुभयो । खेलकुद, शैक्षिक प्रदर्शनी, फुड फेस्टिबल र सांस्कृतिक कार्यक्रमलाई एकैसाथ मिसाएर युनिभर्सल फेस्ट सुरु गरिएको उहाँको भनाई छ ।
यसबर्षदेखि सुरु भएको फेस्टले आगामी बर्ष समेत परिमार्जित भएर निरन्तरता पाउने उहाँले जानकारी दिनुभयो । २०६३ सालमा स्थापना भएको एकेडेमीले पछिल्लो समय मनहरीसहित पश्चिम मकवानपुरमा शैक्षिक तथा सामाजिक सेवा क्षेत्रमा टेवा पु¥याउँदै आएको छ । अतिरिक्त कक्षाहरु सञ्चालन गरी विद्यार्थीहरुलाई कोर्षका अलावा बाह्य व्यवहारिक ज्ञानमा तीक्ष्ण बनाउने लक्ष्यसहित एकेडेमी सक्रिय बताइएको छ ।
मनहरीमा युनिभर्सल फेस्ट २०८० को आज समापन हुँदै

यो पनि पढौँ
ताजा खबर
सबै
राक्सिराङको बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा गणेश सर्बसम्मतले चयन

आज चर्चित गायिका अन्जु पन्त राप्तीको प्रार्थना सभा कार्यक्रममा आउने

राप्ती क्रिश्चियन समाजको बार्षिक उत्सवमा अग्रज पास्टरलाई सम्मान

कालिखोला देउराली सामुदायिक वन इच्छाकामनाको अध्यक्षमा गुरुङ निर्बाचित

इच्छाकामना बिपद ब्यबस्थापन समितीको अध्यक्षमा सौरव चयन
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.20
153.80

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
185.47
186.20

Australian Dollar
1
108.93
109.36

Canadian Dollar
1
109.48
109.91

Singapore Dollar
1
120.06
120.53

Japanese Yen
10
9.84
9.88

Chinese Yuan
1
22.84
22.93

Saudi Arabian Riyal
1
40.78
40.94

Qatari Riyal
1
42.03
42.19

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.71
41.88

Malaysian Ringgit
1
37.37
37.52

South Korean Won
100
11.05
11.09

Swedish Kroner
1
15.59
15.66

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.53
19.60

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
406.38
407.97

Omani Rial
1
397.92
399.48










